काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ४९ हजार ११२ जनाको मृत्यु भएको छ भने ३५ लाख ९३ हजार ६२७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ११ लाख ६६ हजार ७९ जना उपचार पछि निको भएका छन् भने ४९ हजार ८९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वका २१२ वटा देशमा प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ६८ हजार ७१५ जनाको मृत्यु भएको छ भने ११ लाख ९१ हजार ९४० जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै अमेरिकामा ११७ जनाको मृत्यु भएको छ भने आजै ३ हजार ८१८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २५ हजार ४२८ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार ३०१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा अहिलेसम्म २८ हजार ८८४ जनाको मृत्यु भएको छ भने २ लाख १० हजार ७१७ जनालाई संक्रमण भएको छ । त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४४६ जनाको मृत्यु भएको छ भने १ लाख ८६ हजार ५९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीबाट २४ हजार ८९५ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार ६९३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ८६६ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ७४५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै रुसमा आज थप १० हजार ५८१ जना नयाँ संक्रमित थपिएका छन् भने आज मात्रै त्यहाँ ७६ जनाको मृत्यु भएको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ३९७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार ४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५१ जनाको मृत्यु भएको छ भने १ लाख १ हजार ८२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ६७९ जनालाई संक्रमण भएको छ भने आजै त्यहाँ २६ जनाको मृत्यु भएको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण ६हजार २७७ जनाको मृत्यु भएको छ भने ९८ हजार ६४७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार २२३ जनालाई संक्रमण भएको छ भने आजै ७३ जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियममा कोरोनाका कारण आज ८० जनाको मृत्यु भएको छ भने आजै ३६१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण १ हजार २८६ जनाको मृत्यु भएको छ भने ४५ हजार ९२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म १ हजार ३९५ जनाको मृत्यु भएको छ भने ४२ हजार ८३६ जनालाई संक्रमण भएको छ।
त्यहाँ आज मात्रै ४ जनाको मृत्यु भएको छ भने ३३१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण ५ हजार ८२ जनाको मृत्यु भएको छ भने ४० हजार ७७० जनालाई संक्रमण भएको छ । त्यस्तै आज मात्रै त्यहाँ २६ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ १९९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै स्विटजरल्याण्मा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७६२ जनाको मृत्यु भएको छ भने २९ हजार ९८१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इक्वेडरमा अहिलेसम्म १ हजार ५६४ जनाको मृत्यु भएको छ भने २९ हजार ५३८ जनालाई संक्रमण भएको छ । त्यस्तै स्विडेनमा आज मात्रै ९० जनाको मृत्यु भएको छ भने आजै त्यहाँ ४०४ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म २ हजार १५४ जनाको मृत्यु भएको छ भने २३ हजार ४७१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ३८३ जनालाई संक्रमण भएको छ भने ९३ जनाको आजै मृत्यु भएको छ ।
त्यस्तै आज मात्रै विश्वमा १ हजार ८१ जनाको मृत्यु भएको छ भने आजै विश्वमा ३२ हजार १५२ जना नयाँ संक्रमित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया