लण्डन, २८ माघ । बेलायतले परोपकारी संस्था अक्सफामलाई संकटमा रहेका मानिसहरूलाई यथोचित सुरक्षाको प्रत्याभूति दिन असफल भए सहयोग रोक्ने चेतावनी दिएको छ बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले हाइटीमा भूकम्पपछि सन् २०११ मा त्यहाँ गएका बेला सहयोग गर्ने क्रममा अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै त्यसको निन्दा गरेकी हुन् अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितहरूलाई मद्दत गर्दा यौनकर्मीहरूको प्रयोग गरेका बताइएको छ उनले बेलायतमा रहेका र सरकारसँग पैसा लिने परोपकारी संस्थाहरूलाई सुरक्षा नीति अनुसार काम गरिरहेको प्रत्याभूति गर्ने उपायका बारेमा पत्राचार गर्ने बताइन् । अक्सफामलाई गत वर्ष बेलायत सरकारले ४ करोड ४० लाख डलर दिएको थियो लण्डनमा रहेका हाइटीका राजदूत बोसित एडमण्डले अक्सफामले सो प्रकरणलाई ढाकछोप गर्न खोजेको भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् निगरानी गर्ने संस्था द च्यारिटी कमिशनले सन् २०११ मा हाइटीमा आफ्ना केही सहायताकर्मीहरूले यौनकर्मीहरूलाई प्रयोग गरेको भन्नेबारे पूर्ण विवरण अक्सफामले नदिएको बताएको छ सो संस्थाले आफूले अनुचित यौन दुव्र्यवहार, उत्पीडन र कर्मचारीको धाकधम्कीबारे अनुसन्धान गरिरहेको बताएको थियो । ४ जना कर्मचारीलाई बर्खास्त र तीनजनालाई राजीनामा दिन लगाएको अक्सफामले भने आफूले केही कुरा नलुकाएको बताएको छ सन् २०१० मा हाइटीमा दुई लाख मानिसहरूको मृत्यु हुनेगरी आएको ७.० रेक्टरस्केलको विनाशकारी भूकम्पपछि राहत कार्यक्रम अन्तर्गत अक्सफामका सहायताकर्मीहरू हाइटी गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया