उपत्यकामा लकडाउन उल्लघंन गर्ने १५ सय भन्दा बढी प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ९६ महिला सहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलवार विहान ६ बजे देखि साझ ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ६ सय ११ वटा दुई पाङ्ग्रे र ७६ वटा चारपाङग्रे गरी ६ सय ८७ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा सबै भन्दा बढी १२ सय १९, ललितपुरमा ३ सय २० जना र भक्तपुरमा १४ जनालाई नियन्त्रणमा लिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई डिआइजी आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ११७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?