काठमाडौं । कोरोना उपचारपछि निको भएर फर्किएका दुई जनामा फेरि कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
पुन संक्रमण देखिनेमा रौतहट तथा वीरगञ्जको छपकैयास्थित मस्जिदका जमाती रहेका छन् ।
उनीहरु गत बैशाख १४ गते वीरगञ्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
कोरोना संक्रमित भएका रौतहटका युवक भारतबाट आएका थिए र गत १ वैशाख गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा गत चैत ३० गते कोरोना पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया