बालुवाटारमा मन्त्रीपरिषद् बैठक बस्यो, लकडाउनबारे निर्णय हुने

काठमाडौं । बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ । बुधवार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन कति समय थप्ने भनेर निर्णय गर्ने स्रोतले जनाएको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने मन्त्रीपरिषद्लाई सुझाव दिएको थियो।

मंगलवारको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा रहेको थियो । साथै लकडाउनको मोडालिटीको बारेमा समेत छलफल भएको थियो ।

भारतमा कोरोना संक्रममण बढिरहेकाले नेपालमा तत्काल लकडाउन खुकुलो पार्न नहुने प्रधानमन्त्रीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?