बजार भाउ भन्दा सस्तोमा सुन मिलाइदिने भनि २० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, २८ माघ- बजार भाउ भन्दा सस्तोमा सुन मिलाइदिने भन्दै रु २० लाख ठगेर फरार भएका  एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो पक्राउ पर्नेमा दाङका नरेन्द्र महरा, दार्चुलाका इन्द्रसिंह धामी र भूपेन्द्रसिंह धामी रहेका छन् । उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ परेका उनीहरुको साथबाट २०लाख ५० हजार, आईफोन, बा। ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनको फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी अनुसन्धान गर्दै जाँदा अर्का एक व्यक्तिसमेत पक्राउ परेका छन् दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने भरत विलाश पराजुलीलाई कपनबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनलाई अनुसन्धान तथा कारवाहीको लागी जिल्ला वन कार्यलाय, हात्तिसार पठाईएको छ यस्तै महरा र धामीद्वयमाथि मुलकी ऐन ठगीको महल बमोजिम ठगी लिएको विगो बमोजिम विगो भराई विगो बमोजिम जरिवाना र ५ वर्ष सम्म कैद सम्म हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?