सचिवालय बैठक चल्दाचल्दै जुरुक्क उठेर हिँडे ओली , भएको के थियो ?

काठमाडौं – सत्ताधारी दल नेकपामा पछिल्लो समय राजनीतिक समिकरण बिग्रिएको छ । परिणामस्वरुप आज (बुधबार ) बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा नयाँ दृश्य मञ्चन भयो ।

सचिवालय बैठक सुरु हुनेबित्तिकै दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली जुरुक्कै उठेर हिँडेका छन् । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष बैठक चल्दाचल्दै हिँडेतापनि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक जारी छ ।

भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न डाकिएको सचिवालय बैठकमा ओलीले के प्रस्ताव वा कुरामा चित्त बुझाएनन् त्यो खुल्न बाँकी छ ।

यद्यपी यसअघिदेखिनै नेकपामा विवादीत बनेको एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको स्रोतले लोकपथलाई बतायो ।

यसैबीच बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरु गुटगत कित्तामा उभिएपछि पार्टीको कलह अझ सतहमा देखिन थालेको छ । आज बैठक बस्नुअघि नेताहरु एक अर्कासँग भेटघाट तथा छलफलहरु बढाएका थिए ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?