स्थायी समितिको बैठक स्थगितबारे यस्तो आयो प्रचण्डको प्रतिकृया

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमा स्थायी कमिटिको बैठक बोलाउने बताएका छन् ।

नेकपाको स्थायी कमिटि बैठक स्थगित भएपछि बिहीवार पहिलो पटक उनले प्रतिक्रिया दिएका हुन् ।

नेकपाले बिहीवारका लागि स्थायी कमिटिको बैठक बोलाएको थियो । तर बोलाइएको बैठक स्थगित भएपछि प्रचण्डले प्रतिकृया दिँदै गृहकार्य नपुगेको र केही दिनमा नै बैठक बस्ने समेत बताएका छन् ।

बिहीवार संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भने ‘अलि गृहकार्य नपुगेकै हो, दुबै अध्यक्षले बैठक एक दुई दिनभित्र बोलाउँछौँ।’

तत्काल बैठक बस्ने वातावरण तयार गर्नका लागि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल जारी रहेको र छलफल सकिएको २ दिनमा बैठक बोलाउने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?