प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न सकेन: संविधानविद् आचार्य

काठमाडौं । संविधानविद् डा. भिमार्जन आचार्यले प्रदेश संरचनाले आफ्नो औचित्य यस पटक पनि स्थापित नसकेको बताएका छन् । यतिबेला कोरोना भाइरसको कारण विश्व समुदाय नै कोरोनाबाट आक्रान्त बनेको छ । यस्तो अवस्थामा प्रदेश सरकारले उचित काम गर्न नसकेको भन्दै उनले भनेका छन्, “आफ्नो आवश्यकता जनतालाई अनुभूत गराउन सक्ने उत्तम समय र अवसर पाएर पनि प्रदेश संरचनाले आफ्नो औचित्य यस पटक पनि स्थापित गर्न सकेन।”

साथै कोरोनाको कारण अब आउने दिनहरु सुखद नरहने समेत सचेत गराएका छन् । नेपालमा रहेका सयौं संख्याका मन्त्री तथा सांसदहरुको लालन पालन एउटा गरीब मुलुकले कसरी ब्यवस्थापन गर्ला ? भन्ने प्रश्न गर्दै राज्य संरचना नै बदल्नुपर्ने समेत धारण व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सयौं संख्याका मन्त्री तथा सांसदहरुको लालन पालन एउटा गरीब मुलुकले कसरी ब्यवस्थापन गर्ला? संकटको समयलाई अवसरमा बदल्दै राज्य संरचनामा अब त केही हेरफेर गर्ने कि? ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?