काठमाडौं । नेपालका १५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । बिहीबार कपिलवस्तुका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०१ पुग्नुका साथै संक्रमणको फैलावट १५ जिल्लामा पुगेको हो ।
हालसम्म उदयपुरमा २८ जनामा कोरोनासंक्रमण देखिएको छ भने त्यसमध्ये ६ जना निको भएर घर फर्किएका छन् । यस्तै अन्य ८ जना पनि कोरोनासंक्रमण मुक्त भएर डिस्चार्ज हुने क्रममा रहेका छन् ।
यसैगरी उदयपुरपछि पर्सामा २४ जना संक्रमित रहेका छन् । त्यसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।
यसैगरी बाँकेमा २३ जना संक्रमित फेला पर्दा काठमाडौंमा ५ जनामा संक्रमण पुष्टि भएकामा ५ जना नै निको भएर घर फर्किसकेका छन् ।
यस्तै कैलालीमा ४ मध्ये ३ जना निको हुँदा रौतहटमा पनि ३ जनामा संक्रमण पुष्टि भएको छ। हाल १ जना भने निको भएर घर फर्किसकेका छन् ।
यसैगरी बागलुङका दुई संक्रमितमध्ये दुबै जना निको भएका छन् भने बारामा २ जना संक्रमित रहेका छन् ।
यसैगरी चितवनमा २ संक्रमितमध्ये एक जना निको भएर घर फर्किँदा झापामा २, भोजपुरमा १, धनुषामा १ र रुपन्देहीमा १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी कञ्चनपुरमा पनि एक जनामा संक्रमण पुुष्टि भएकामा ती संक्रमित निको भएर घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया