लकडाउन पुर्ण रुपमा पालना गर्नको लागि ड्रोनबाट गस्ती !

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोभिड– १९को रोकथामको लागि आज देखि ड्रोन बाट गस्ती शुरु गरेको छ । विश्वभरी कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चलिरहेको बेला नेपालमा समेत कोरोना रोकथामका लागि लकडाउन गरिएको छ । चैत्र ११ गते देखि लगाएको लक डाउन जेष्ठ ५ गते सम्म लम्बिए पछि आज देखि केही खुकुलो पारेको अवस्थामा बजारमा अनावश्यक भिडको रोकथामको लागि ड्रोन बाट गस्ती शूरु गरिएको हो । ड्रोनले भीमदत्त नगरपालिकाका १९वटै वडामा निगरानी राख्ने छ । कुनै ठाँउमा अनावश्यक भिड रहेको पाइएमा ड्रोन बाटै भिडलाई हटन निर्देशन दिनुका साथै सूचना सम्प्रेषण गर्ने छ ।

पटक पटक भीमदत्त नगरपालिकाले लकडाउन पुर्ण रुपमा पालन गर्न र सबै नागरीकहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

‘‘अत्यावश्यक सेवा प्रवाह गर्नका निमित्ती बजार व्यवस्थापन गर्ने केही निर्णयहरु गरे साथै पुर्व अनुमान अनुसार कम संख्यामा नागरिकहरु आउने, सामाजिक दुरी कायम गर्ने आफुहरुले विश्वास गरेको तर कुनै न कुनै प्रकारले उल्ङ्घन भएको पाएपछि अब ड्रोनबाट गस्ती गरी नगरपालिका भित्र लकडाउन उल्ङ्घन गर्ने सबैलाई नियम अनुसार कारवाही गर्ने,’ नगर प्रमुख सुरेन्द्र बिष्टले बताए ।

ड्रोनबाट हुने गस्ती कारोना रोकथामको लागि केही हद सम्म भए पनि निगरानी राख्न सकिने र लकडाउनको उल्ङ्घन कसरी भई रहेको छ भने कुरा पत्ता लगाई नियन्त्रणको लागि सहयोगी हुने भीमदत्त नगरपालिकाका सुचना अधिकृत विनय कलौनीले बताए ।

रोबोटिक एसोसियन आफ नेपाल इन्जिनीयररिङ्ग र भिमदत्त नगरापलिका बिच भएको सम्झोता अनुसार आफुहरुले कार्य गर्न लागेको रोबोटिकका सुप ब्रान्च अध्यक्ष दिपक विष्टले बताए । उनले यो नेपालमै पहिलो पटक ड्रोनबाट गस्ती हुन लागको बताए ।

सुप विश्वविद्यालय इन्जिनीयरिङ्ग पाचौ सेमेस्टरमा अध्ययनरत लोचन सिह कार्की भोलेन्टर विद्यार्थी भएर ड्रोन गस्तीमा सहभागी भएका छन् साथै सुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशको ६ जिल्लामा ७ वटा करोना टेष्ट वुथ बनाई सेवा दिदै आएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?