काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा आज एक १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१०२ जना संक्रमित मध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयलका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ मा ३१ जना, प्रदेश नम्बर २ मा ३० जना, वाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, कर्णाली हालसम्म सेफ जोनमा र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी हालसम्म कुल १०२ जना संक्रमित छन् ।
यी मध्ये ३० जना संक्रमित निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
कोरोना भाइरसलाई हराउनको लागि अहिले सारा देश लागिपरेका छन् । कोरोना भाइरसको महामारीलाई नष्ट गर्नको लागि हरेक दिन नयाँ प्रयोग भईरहेको छ ।
यसैबीच इटालीका वैज्ञानिकहरुले कोरोना भाइरसलाई नष्ट गर्नका लागि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने दाबी गरेका छन् ।
उनीहरुका अनुसार मुसामा सफल परिक्षण भईसकेको र अब मानिसमा पनि छिटै ट्रायल शुरु गर्न लागिएको छ । यस कुराको पुष्टि रोमका इन्फेशियस डिसीज स्प्यानजोनी हस्पिटलमा भएको एक परिक्षणबाट भएको छ ।
अरब न्युजको एक रिपोर्टका अनुसार, इटाली कोरोना भाइरसको भ्याक्सीन बनाउने विश्वकै पहिलो देश बनेको छ । यो परिक्षण सबैभन्दा एडभान्स स्टेज रहेको बताइएको छ ।
औषधि बनाउने एक फर्म ताकिजका सीईओ लिगी ओरिसिशियोले यस बारेमा इटालीको एक एजेन्सीसँग विस्तृतमा बताएका छन् ।
उनले, भ्याक्सिनको परिक्षण गर्नको लागि वैज्ञानिकले मुसाको प्रयोग गरेका थिए । सिंगल भ्याक्सिनेशन पनि मुसामा एन्टिबडीज विकसित भएको पाइएको थियो ।
त्यस्तै प्रक्रीया मानव कोशिकाहरुमा पनि हुने गर्दछ । गर्मी पछि भ्याक्सीनलाई ह्युमन ट्रायल सुरु गरिँदैछ । रिपोर्टका अनुसार ५ भ्याक्सीन क्यान्डिडेट्सले धेरै संख्यामा एन्टीबडी जेनरेट गरेको छ ।
जसमा दुई सर्वश्रेष्ठ परिणामवाला भ्याक्सीनको चयन गरिएको छ । यी सबै भ्याक्सीन डीएनए प्रोटिन स्पाईक को जेनेटिक म्याटिरियलमा आधारित रहेको छ ।
ताकिजका डा. एमानुएल माराका अनुसार यो भ्याक्सीन कुनै पनि प्रकारको कोरोना भाइरसमा असर देखाउन सक्षम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया