नेपालद्वारा युएई ४ विकेटले पराजित, पारसले कटाए अर्धसतक

काठमाडौँ–आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालद्वारा युएई ४ विकेटले पराजित भएको छ । कप्तान पारस खड्काका अर्धरतकको मद्दतमा नेपाल विजयी भएको हो नामिबियाको युनाइटेड ग्राउण्डमा आइतबार सम्पन्न खेलमा युएईले दिएको ११५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेट खर्चेर पूरा गरेको हो नेपालको जितका लागि कप्तान पारस खड्काल४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् यसअघि यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो खराब मौसमका कारण कारण ३४ ओभरमा घटाइएको खेलमा युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?