वुहानको ‘हाई सेक्युरेटी ल्याब’ अक्टूबरमा बन्द भएको खुलासा !, घटना गम्भीर भएको हुनसक्ने संकेत

काठमाडौं । चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको विषयलाई लिएर विभिन्न खबरहरु चर्चामा छन् । तर अहिलेसम्म वुहानको ल्याबबाटै कोरोना विश्वमा फैलिएको भन्ने ठोस प्रमाण छैन ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण चीनबाटै फैलिएको आरोप लगाउँदै आएका छन् । साथै उनले आफूसँग त्यसको प्रमाण रहेको समेत बताएका छन् । तर अहिले एउटा सबैलाई अचम्मित पार्ने जानकारी साम्ने आएको छ ।

चीनको वुहानमा रहेको हाई सिक्योरेटी ल्याब अक्टुबरमा बन्द भएको कुरा सार्वजनिक भएको छ ।

त्यसैले सारा विश्वले अक्टुबरमा केहि त्यस्तो घटना भएको हुनसक्ने र जसको कारण नै ल्याब बन्द भएको हुनसक्ने आशंका गरेका छन् ।

एनबीसी न्यूजको एक रिपोर्टमा, अमेरिकी जासुसी एजेन्सी योसँग सम्बन्धित दस्तावेजको समीक्षा गरिरहेको छ । साथै प्रमाण जुटाउन लागि परेको छ ।

लण्डनमा रहेको एनबीसीको युनिटले चीनको वुहान इन्स्टीट्युट अफ भायरोलोजीको हाई सिक्योरेटी एरियामा ७ देखि २४ अक्टुबर सन् २०१९ को बीचमा कुनै पनि फोन एक्टिभिटी नदेखिएको बताएको छ ।

मोवाइल लोकेशन डेटाको आधारमा जुन रिपोर्ट तयार गरिएको छ, त्योबाट ६ देखि ११ अक्टुबरको बीचमा उक्त क्षेत्रमा सम्भवतः जोखिम भरिएको इभेन्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।

तर बिना प्रमाण ल्याब पूरा बन्द नै थियो भनेर भन्न सकिने अवस्था नरहेको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ७७ हजार ८६२ जनाको मृत्यु भएको छ भने ४० लाख ५५ हजार ५७२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १४ लाख ११ हजार १२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४७ हजार ८६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?