प्रतिनिधि सभाको बैठक शुरु

काठमाडौं । संसदको छैटौँ अधिवेशन तथा प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा शुरु भएको छ ।

उक्त बैठकमा विशेषतः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रवार भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्म सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भनेर विरोध भइरहेको छ ।

यसै सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आजको संसदमा जवाफ दिने भएका हुन् । त्यस्तै अन्य दलका पनि शीर्ष नेताहरुले विशेष समय लिएर बोल्ने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आजको उक्त उक्त बैठकमा मन्त्रीले जवाफ दिने तथा शीर्ष नेताहरुले बोल्ने भएका कारण संसद सचिवालयले पहिलेको कार्यसूचीलाई छोट्याएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?