काठमााडौं- हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित मिडिया ब्रिफिङमा दिइएको जानकारी अनुसार १ सय १० जना संक्रमितमध्ये ३१ जना निको भएर घर फर्केका छन् भने बाँकी ७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ७८ जना पुरुष र ३२ जना महिला हुन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार हालसम्म विरगंजमा २७ जना, विराटनगरमा २१ जना रुपन्देहीमा ६ जना, नेपालगन्जमा २४ जना, भरतपुरमा १ जनागरी ७९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरु सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
उनीहरुमध्ये प्रदेश १ का ३५ जना प्रदेश २ का ३१ जना वाग्मती प्रदेशका ७ जना गण्डकी प्रदेशका २ जना प्रदेश ५ का ३० जना र सुदूरपश्चिम प्रदेशका ५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार वेवसाईटमा आफ्ना लक्षणहरुको विवरण भरेका ३४ हजार २ सय ५७ जनामध्ये हालसम्म हालसम्म ३४० जना रेड जोनमा परेका छन् । यो भनेको संभावित संक्रमित हुन् ।उनीहरुको ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २०६ जनाले यस्तो विवरण भरेकोमा कुनैपनि व्यक्ति रेड जोनमा परेका छैनन् ।
प्रवक्ता देवकोटाका अनुसार आईसोलेसनमा बस्नेको संख्या १ सय ६४ छ । उनीहरुमध्ये ३ जना काठमाडौंमा र १ सय ६१ जना काठमाडौं बाहिर छन् । तिमध्ये प्रदेश १ मा २३ जना, प्रदेश २ मा ४५ जना, वाग्मती प्रदेशमा ३८ जना र प्रदेश ५ मा ५७ जना रहेका छन् । उनीहरु शंकास्पद बिरामी हुन् ।
त्यस्तै अहिले १३ हजार ६ सय २५ जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश नम्बर १ मा १२ सय ३८ जना, प्रदेश नम्बर २ मा १ हजार ४ सय ४३ जना, वाग्मती प्रदेशमा ११० जना, गण्डकी प्रदेशमा २४२ जना प्रदेश ५ मा ४ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ जना र सुदूरपिश्चम प्रदेशमा ३ हजार ३ सय २४ जना रहेका छन् ।
हालसम्म पिसीआर विधीमार्फत् १६ हजार ८ सय ९८ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडिटी विधीमार्फत् ५६ हजार ६ सय ५७ जनामा कोरोना जाँच गरिएको छ ।
प्रदेश नम्बर १ मा ७ हजार ५५ जना प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० जना, वाग्मती प्रदेशमा ९ जार १ सय ८१ जना, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७ जना प्रदेश ५ मा ६ हजार ७७४ जना कर्णाली प्रदेशमा ६ हजार ३६३ जना र सुदूरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० जना गरी ५६ हजार ६ सय बढीको जाँच गरीएको हो ।
गत २४ घण्टामा १ हजार ३ सय १६ वटा नमूना जाँच गरिएको छ । हिजो (शनिबार) उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको हो । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित धेरैपटक पढिएका यो समाचार पढ्नुहोस् ।त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया