काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओले) ले जर्मनीको एक समाचार एजेन्सी ‘Der Spiegel’ द्वारा लगाएको गम्भीर आरोपको खण्डन गरेको छ ।
उक्त समाचार एजेन्सीले एक रिपोर्टमा चीनले डब्ल्युएचओलाई कोरोना भाइरसका विषयमा विश्वव्यापी चेतावनी दिन ढिलो गर्नु भनेको आधारमा डब्लुएचओले सारा विश्वलाई कोरोना भाइरसको महामारीका बारेमा सूचना ढिला दिएको बताएको थियो ।
उक्त रिपोर्टमा भनिए अनुसार २१ जनवरीमा चीनका राष्ट्रपति शी जिनपिंग र विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम घेब्रिसेयुसबीच कुराकानी भएको बताइएको छ ।
जर्मन न्युज वेबसाइटले जर्मनीको जासुसी एजेन्सी बीएनडीले पत्ता लगाए अनुसार चीनले विश्व स्वास्थ्य सङ्गठनसँग सम्पर्क गरेर कोरोना भाइरसको बारे विश्वव्यापी चेतावनी जारी गर्न ढिलो गरिदिनु भनेर आग्रह गरेको थियो दाबी गरेको छ ।
यो सन्देशको आदानप्रदान सी जिनपिंग र डाक्टर ट्रेडोसबीच २१ जनवरीमा भएको फोनवार्ताको क्रममा भएको कुरामा बीएनडी ढुक्क छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया