कैलाली । ५ जना बिरामी निको भएर घर गइसकेपछि सुदूरश्चिम प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला परेका छैनन् ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भइ उपचार गराइरहेका ५ जना निको भएर घर गइ सकेपछि यो प्रदेशमा थप नयाँ संक्रमित फेला नपरेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नं ५ की ३४ बर्षीया महिला, धनगढी ५ कै ३४ वर्षीय युबक, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युबक अर्की एक महिलाका साथै कञ्चनपुरको कञ्चनपुर नगरपालिकाका ४० बर्षीय पुरुष उपचार पछि निको भएर घर गइसकेको सेती प्रादेशिक अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले जानकारी दिए ।
निको भएर घर गएकामध्ये १ जना दुबईबाट , २ जना भारत १ जना विराटनगर र १ जना स्थानीय बिरामी भएको उनले वताए ।
अहिले सम्म यो प्रदेशमा आरडीटी र पीसीआर विधिबाट गरी कूल १८०२५ जनामा कोभिड १९ को चेकजाँच भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
उनकाअनुसार आरडीटी बिधिवाट १५०६८ जनामा परीक्षण भएको थियो भने पिसिआर विधिवाट २९८२ थ्रोड स्वाव नमुना संकलन गरिएका मध्ये २९५७ को थ्रोट स्वाव नमुना जाच गरिएको उनले वताए । बाँकीको रिपोर्ट आउन बाँकी छ । हाल प्रदेशका ९ वटै जिल्लामा आरडिटी किट ४४७१ मैज्दात छन् भने १४२६ वटा भिटिएम स्टक रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया