कोरोना भाइरसको महामारीका कारण विश्वमा अर्बाैं मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । लकडाउनका कारण पृथ्वीमा पनि ठूलो परिवर्तन भईरहेको छ ।
लकडाउनका कारण कम्पन पनि कम भएको छ । अब फेरी अर्काे नयाँ डरले विश्वलाई सताईरहेको छ । अन्य ग्रहमा जीवनको खोजमा लागेका वैज्ञानिकहरुले फेरी एकपटक पृथ्वीवासीलाई झड्का दिएका छन् ।
अमेरिकी अन्तरिक्ष रिसर्च एजेन्सी र वैज्ञानिकले चेतावनी दिएका छन् कि,दोश्रो ग्रहबाट पृथ्वीमा ल्याइएका नमूना धर्तीमा नयाँ भाइरसको खतरा बन्न सक्ने बताएका हुन् ।
यस बारेमा अमेरिकी अन्तरिक्ष एजेन्सी र वैज्ञानिकहरुले दोश्रो ग्रहबाट ल्याइएको नमूनाले पृथ्वीमा नयाँ भाइरस जन्म दिन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
माटोको नमूनाले खतरनाक भाइरसलाई जन्म दिन सक्ने
स्ट्याण्ड फोर्ड यूनिभर्सिटीका प्रोफेसर स्कट शर्बाडले मंगल ग्रहबाट ल्याइएको माटोका नमूनाहरुले पथ्वीमा कुनै पनि खतरनाक भाइरसलाई जन्म दिनसक्ने बताएका छन् । त्यसैले मंगल ग्रहबाट फर्किने समयमा प्लान्याटरी प्रोटेक्शनको ध्यान दिनुपर्ने बताएका छन् ।
साथै हर्बाडले भने, ‘मेरो रायमा मंगल ग्रहको लाखौँ वर्ष पुरानो चट्टानमा वास्तविक नै एउटा सक्रिय जीवन सूत्र रहेको छ, जसले पृथ्वीलाई संक्रमित बनाउन सक्दछ । स्याम्पल आईसकेपछि मंगल ग्रहबाट फर्किने व्यक्तिलाई क्वारेन्टाइन गरिएको छ । जब सम्म त्यहाँको माटोमा इबोला भाइरस जस्तो संक्रमण भए नभएको पुष्टि हुँदैन तबसम्म क्वारेन्टाइन गर्न आवश्यक छ ।’
साथै उनले दोश्रो ग्रहबाट पृथ्वीमा नमूना लिएर आउने एस्ट्रोनट्सलाई पनि क्वारेन्टाइन गर्न आवश्यक रहेको बताएका छन् ।
जस्तै चन्द्रमामा पठाइएको पहिलो अपोलो मिशनका बेला गरिएको थियो । अन्तरिक्ष यात्रीहरु बाहेक अन्तरिक्ष यानका लागि पनि प्रोटोकल हुनु आवश्यक रहेको उनले बताए ।
साथै मिशनमा रहेका रकेट र विभिन्न उपकरणका क्यामिकल क्लिनिङ प्रोसेसमा राख्न आवश्यक रहेको पनि उनले बताएका छन् ।
साथै उनले यी सबै कुरा हाई हीटमा राख्न आवश्यक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया