काठमाडौं । अहिले नै विद्यालय खुलाउने या नखुलाउने भन्नेबारे स्पष्ट निर्णयमा पुगिनसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
सोमवार डब्लुएचओले कोभिड १९ को मिडिया ब्रिफिङको क्रममा उक्त धारणा व्यक्त गरेको हो ।
कोरोना जोखिम थप नहोस भन्नका लागि यतिबेला सबै शैक्षिक संस्थाहरु बन्द अवस्थामा रहेका छन् ।
यद्यपि समूदाय स्तरमा कोरोनाको संक्रमण छैन र स्वयम् विद्यार्थीहरु पनि मानसिक रुपमा तयार छन् भने सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालनमा बाधा नपर्ने पनि डब्लुएचओले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया