काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ ।
बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठक बोलाइएको स्रोतले जनाएको छ ।
यस अघि स्थायी कमिटी बैठक गत बिहीबारका लागि तय भएको थियो । तर प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुबीच एकमत नदेखिएपछि सचिवालय बैठकबाट बीचमा नै उठेर हिँडेसँगै बैठक स्थागित भएको थियो ।
स्थायी कमिटीको बैठकको माग गर्दै २० जना सदस्यले हस्ताक्षर गरेर अध्यक्षद्वयलाई पत्र समेत बुझाएका थिए ।
पछिल्लो समय नेकपाभित्र आन्तरिक किचलो बढेसँगै अध्यक्ष ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सचिवालय बोलाउने विषयमा छलफल भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया