काठमाडौं । मंगलवार कपिलवस्तुमा ८ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एकजना स्वास्थ्यकर्मी भएको खुलेको छ ।
कपिलवस्तुकी एक २५ वर्षीया युवती कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्रोतका अनुसार कोरोना संक्रमित युवती कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स हुन् ।
आज कपिलवस्तुमा ८ जनासमेत गरी नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेका छ । भने हालसम्म ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया