अर्थमन्त्रीले प्रिबजेट ल्याँउदा सांसदहरुलाई हेपे भन्दै गर्जिए गगन (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रिबजेट ल्याउँदा अर्थमन्त्रीले सांसदहरुलाई हेपेको बताएका छन् । सधै बजेटमा धारा, पानी र ढलका कुरा गर्ने सांसदहरुलाई केही थाहा छैन भनेर प्रि बजेटमा सांसदहरुलाई अर्थमन्त्रीले हेपेको उनले बताए । विद्धान अर्थमन्त्रीले बजेटका सिद्धान्त र प्राथमिकतामा सम्भावित संकटबाट बच्न अहिले सिमित बजेट ल्याएर भोली पुरक अनुमान ल्याउन सकिने अवस्थामा पनि त्यस्तो नगरेर सांसदहरुलाई हेपेको बताए ।

उनले भने, ‘‘अहिले सिमित बजेट ल्याएर भोली पुरक अनुमान ल्याउँछौँ अहिले अनुमान लगाउन सक्दैनौँ भन्नुपपर्ने थियो । होइन भने हामीले केही न केही त भन्नुपर्ने होला किन नभनेको ? नआएर होइन । विद्धान अर्थमन्त्री हुनुहुन्छ । यो कित्ताले जानेको बुझेको भनेको अर्थमन्त्री हुनुहुन्छ । नआएर होइन् । भन्न नचाहेर हो । किन की सांसदहरुलाई केही पनि थाहा छैन् । धारा, पानी रढलका बारेमा सांसदहरुले कुराकानी गर्ने हुन् । यसका बारेमा लेखेर खास अर्थ छैन भनेर जानी जानीकन हेपेर नल्याइएको हो ।’’

अर्थमन्त्री र अर्थमन्त्रालयका कर्मचारीले संसारको अर्थमन्त्रलाई कोरोनाले प्रभावित गरेको विषयमा के अनुमान गरिरहेका छन् भन्ने कुरा सिद्धान्त र प्राथमिकताबाट थाहा पाउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए ।

अमेरिका, फ्रान्स र जर्मनी लगायतका मुलुकले छुट्टै प्याकेज घोषणा गरेर अगाडी बढेको अवस्थामा पनि अर्थमन्त्रीले दिएका अभिव्यक्तिहरुले जनतालाई निरास र आतंकित बनाएको उनले बताए ।

रोजगारी गुमाएर विदेशबाट ६ लाख मान्छे फर्किने अवस्थामा रहेपनि सरकारलाई यो विषयमा कुनै चिन्ता नभएको थापाले आरोप लगाए । ‘‘करिब ६ लाख मान्छे फर्कदैछन् ती मान्छेका बारेमा सरकारलाई चिन्ता छैन भन्ने कुरा अहिले सीमानामा हेर्न गए हुन्छ । बाहिर खाडीमा रहेका नेपालीका बारेमा प्रधानमन्त्रीले भनेका अभिव्यक्ति सुने हुन्छ’’, उनले भने ।

कोरोना संक्रमण नभएपनि नेपालको अर्थतन्त्रका बारेमा उत्साहित भएर छलफल गर्ने अवस्था नरहेको उनले बताए । गत फागुनको तथ्याङ्कले नेपालको अर्थतन्त्रका विषयमा प्रष्ट पारेको उल्लेख गर्दै उनले अहिले सार्वजनिक खर्च कटौती गर्ने अवशर भएपनि सरकारले आँट गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?