काठमाडौं र भक्तपुरमा पनि देखियो कोरोना संक्रमण, नेपालमा संक्रमित २१७ पुगे

काठमाडौं । काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण देखिएका मध्ये भक्तपुरका २ जना र काठमाडौंका १ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भक्तपुर निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष रहेका छन् । भने काठमाडौं निवासी ३३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो ।

त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा मंगलवार साँझ थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

अहिले फेला परेका संक्रमितहरु पर्सा जिल्ला निवासी २२,२८, २८,३२, ४५, र ६० वर्षीया महिलाहरु रहेका छन् भने १६, २२, २४, २५,२८, २८,३२, ५९, ५५, ६१, ६१ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै महोत्तरी जिल्ला निवासी १६, ३५, वर्षीय पुरुषहरु रहेका छन् ।

त्यस्तै धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै सर्लाहीका ४५ वर्षीय पुरुष रहेको स्वास्थ्यमन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?