वेष्ट ब्रोमलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं, १ फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा वेस्ट ब्रोमलाई हराउँदै चेल्सी चौथो स्थानमा उक्लिएको छ पछिल्लो समय निकै खराब लयमा रहेको चेल्सीले वेष्ट ब्रोमलाई ३–० ले हरायो । चेल्सीको जितमा इडेन हाजार्डले दुई गोल गरे भने भिक्टर मोसेसले एक गोल गरे जितपछि चेल्सीले २७ खेलबाट ५३ अंक जोडेको छ । समान खेलबाट ५४ अंक रहेको लिभरपुल तेस्रो र ५६ अंक रहेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको ७२ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?