कोरोनाका कारण मृत्यु भएकी सुत्केरी महिलाको परिवारको रिपोर्ट आयो

काठमाडौं – कोरोनाको कारण गत बिहिबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षिया महिलाको श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन ।  मृतक महिलाका श्रीमान्, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।

सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ । उता हिजो पनि बाँके नरैनापुर ५ का २५ वर्षिय युवकको मृत्यु भएको थियो । त्यहाका संभावितहरुमा पनि जाँच गरिएको छ । उनी लकडाउनकै बीच भारतबाट नेपाल आएका थिए ।

आज मात्रै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा संक्रमितको संख्या ३०४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका कोरोना संक्रमितहरु रौतहट इशनाथ नगरपालिका निवासी २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला रहेकी छन् ।

त्यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।Image may contain: text

हिजोमात्रै नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालका बिरामीसहित चार जना क्वारेन्टाइनमा
धुलिखेल अस्पतालबाट ओखलढुङ्गा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिवार कोरोनाबाट . सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो ।उनीहरु धुलिखेल अस्पतालबाट शनिवार दिउँसो एम्बुलेन्समार्फत ओखलढुङ्गा पुगेका थिए । क्वारेन्टाइनमा पठाइएकामा सिद्धिचरण नगरपालिका–५ मा बस्दै आएका सोलुखुम्बुको नेचासल्यानका एक बिरामी, उनका भिनाजु, माइजू र एम्बुलेन्स चालक रहेका छन् ।

सुत्केरीको मृत्युपछि टोखामा २४ जनाको स्वाव सङ्कलन
मृतक सुत्केरी सिन्धुपाल्चोककी भएतापनि उनी टोखा नगरपालिकामा बस्ने गरेकी थिईन् । कोरोनाकै कारण उनको मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको हो । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित वुद्धमार्गमा बस्दै आएकी सुत्केरी महिलाको शनिवार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल पुर्याएपछि मृत्यु भएको थियो ।

हिँडडुल गर्न रोक
लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएपछि चितवनमा साँझ बिहान हिड्न प्रतिवन्ध लगाइएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् ।यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा। प्रकाश खतिवडाले भीडमा बाहिर नहिँड्न सुझाव दिए। तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव छ ।घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए। साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भीड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ ।

वरिष्ठ फिजिसियन डा. कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताउँछन् ।अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए ।

पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव छ ।अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ ।
विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ ।

नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधिकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

उपचारपछि १८ लाख ४३ हजार बढी घर फर्किए, कति छन् मृतक र संक्रमित 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को कारण हालसम्म विश्वभर ३ लाख १४ हजार ६ सय ८३ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४७ लाख ७१ हजार ६ सय ७६ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने संक्रमित मध्ये ४४ हजार ८ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म १८ लाख ४३ हजार ८ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना सङ्क्रमित गाउँ नै सिल
सर्लाही जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एक महिने बालकसहित युवतीको परिवारको सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ ।काठमाडौँको जडीबुटी चोकमा सङ्क्रमित युवतीको परिवार विगत केही वर्षदेखि फर्निचर उद्योग खोलेर व्यवसाय गर्दै आएको र सङ्क्रमित युवती काठमाडौंमै अध्ययनरत रहेको प्रजिअ जिसीले बताए ।
सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन् । “लकडाउन हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन ।” दुई वटा मोटरसाइकलमा उनी आफ्नो दुई भाइ बहिनीका साथ काठमाडौँ गएकी बताइएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ आएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुगेको हो ।यसअघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

बाराका अर्का एक पत्रकारमा पनि कोरोना संक्रमण
आज सोमबार पुष्टि भएका कोरोना संक्रमित मध्ये एक जना बाराका पत्रकार रहेको खुलेको छ । यसअघि पनि ४ जना पत्रकार संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको थियो । जसमध्ये बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको हो ।

यसअघि प्रकाशित : 

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?

कोरोना महामारीकाबीच बालबालिकामाथि अर्को खतरा १ डाक्टरहरु नै अन्योलमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?