राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउने तयारीमा आयोग, देउवाको राजीनामा आजै

काठमाडौँ, २ फाल्गुन- दुई चरणमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा आज राष्ट्रपतिलाई बुझाउने तयारीमा निर्वाचन आयोग जुटेको छ गत मंसिर १० र २१ गते निर्वाचन सम्पन्न भएको थियो भने राष्ट्रिय सभाको समेत निर्वाचन सकिएकाले सबै सूचि मिलाएर आज राष्ट्रपति विद्यादेबी भण्डारीलाई सूची बुझाउने तय भएको आयोगको भनाई छ आयोगका प्रवक्ता नवराज ढकालले दलहरुले सच्याएको सूची बुझाएपछि आयोगले आजै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको जानकारी दिए आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने छ । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकारको गठनको तयारी थालिएको छ यसैबीच आयोगले आजै सूची बनाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने मूड बनाएको बताइएको छ देउवाले आज बस्ने मन्त्रिपरिषद् बैठकमा राजनीनामा बारे छलफल गर्ने र सम्भवतः आजै देशबासीको नाममा सम्बोधन गरेर राजीनामा दिने बालुवाटार स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?