काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै काठमाडौंमा जम्मा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । राष्ट्रिय जनस्ववास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रेहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा आज विहान (शनिवार) ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
अहिलेसम्म ७० जना उपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया