काठमाडौं । नेपालमा आज मात्रै ६८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार बिहान ३२ र दिउँसो ३६ जना गरी ६८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिवार दिउँसो बैतडी, झापा, बाँके, बर्दिया र सुर्खेतका गरी शनिवार दिउँसो ३६ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा बैतडीका ४ जना रहेका छन् । सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा २० वर्षका २ जना पुरुष, २२ र २७ वर्षका अन्य २ जना पुरुष रहेका छन् ।
बैतडी शिवनाथका ४ जनामा आरडिटी पोजेटिभ देखिएर उपचाररत उनीहरुको पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै अर्का झापाका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार उनी झापाको झापा गाउँपालिकाका बासिन्दा हुन् भने कोसी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बर्दियाका १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको बदैयाताल निवासी १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुर्खेतका १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाँकेमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा नरैनापुर मदरासाका १७ देखि ३२ वर्ष उमेरसमुहका ६ जना पुरुष रहेका छन् ।
त्यस्तै बाँके नरैनापुर गाउँपालिका ९३० को राष्ट्रिय प्रावि गोगलीको क्वारेन्टाइनमा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु १६ देखि ३२ वर्ष उमेरसमुहका रहेका छन् ।
त्यस्तै बाँके नरैनापुर १ को राष्ट्रिय प्रावि महाननियामा गरिएको परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा २२ देखि ५० वर्ष उमेर समुहका रहेका छन् । उनीहरु सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ५ सय ८४ पुगेको छ । संक्रमितमध्ये ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ३ जनाको कोरोनाको कारण ज्यान गएको छ । साथै नेपालमा आजमात्रै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका सबैको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया