काठमाडौं, २ फागुन –आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको अन्तिम लिग खेलमा नेपालले क्यानडालाई हराएको छ । नेपालले क्यानडाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । यो सँगै नेपालले विश्वकप छनोट खेल्न पाउने भएको छ क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चँदै अन्तिम बलमा पुरा गरेको हो नेपालको जीतमा करण केसीले उत्कृष्ट प्रदर्शन गरे । उनले नटआउट ४२ रनको योगदान दिए यस्तै दीलिप नाथले ४१ रनको योगदान दिए भने आरके पौडेलले २७, आरिफ शेखले २६ तथा दीपेन्द्र सिंह ऐरीले १८ रनको योगदान दिए । आजको खेलमा कप्तान पारस खड्कासहितको अन्य ब्याट्सम्यान भने चल्न सकेनन्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया