बजेट २०७७ / ७८ : स्वास्थ्य, रोजगार र कृषि उच्च प्राथमिकतामा

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै छन् ।

आर्थिक वर्ष २०७७/०७८ बजेटको पहिलो प्राथमिकता कोरोनाको कारण देखिएको स्वास्थ्य संकटलाई समाधान गर्नेमा केन्द्रीत रहेने अर्थमन्त्रालय सुत्रहरु बताउँदछन् । बजेटमा नयाँ, ठूला र महत्त्वाकांक्षी कार्यक्रम घोषणा नहुने र स्वास्थ्य पूर्वाधार विस्तार, रोजगारी सृजना, आयोजनाको पुनस् प्राथमिकीकरण, आर्थिक पुनरुत्थानका कार्यक्रम, कृषिमा यन्त्रीकरण, कर तथा मौद्रिक छुटलगायत विषय केन्द्रित हुनेछन् ।

बिहीबार मन्त्रीपरिषद्को बैठक बाट बजेट पारित हुने छ र अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार नै बजेटको बिफ्रिङ गर्ने छन् ।अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा ४ बजे बजेट सार्वजनिक गर्ने छन् ।

अर्थमन्त्री डा युवराज खतिवडा लगातार तीनपटक बजेट प्रस्तुत गर्न लागेका हुन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो पहिलो बजेट १३ खर्ब १५ अर्ब रूपैयाँको ल्याएका थिए । दोस्रो बजेट भने एकैपटक २ खर्ब १७ अर्बले बढाएर १५ खर्ब ३२ अर्ब पुर्याएका थिए । जुन चालू आर्थिक वर्षको बजेट हो । विश्वस्त सुत्रहरुका अनुसार यसपटक अर्थमन्त्री डा युवराज खतिवडा दोस्रो बजेट भन्दा करिब १ खर्ब रूपैयाँले आकार वृद्धि गर्दै १६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी गर्दैछन् ।

कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट आउने र ।कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता बजेटमा रहने बिस्वाश गरिएको छ ।यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ ।खर्च कटौतीको लागि सरकारले नयाँ सवारीसाधन नकिन्ने तथा तालिम तथा प्रोत्साहनको नाममा दिने भत्ताहरु नदिने निर्णय गर्ने सम्भावना रहेको छ ।

कोरोना भाइरस महामारीका कारण तल्लो आय भएका वर्गलाई बढी प्रभाव पारेको ठहर गर्दै मध्यम आय भएका वर्गका लागि सहुलियत दिने गरि कर प्रस्तावित गरिएको अर्थमन्त्रालय सुत्रहरु बताउँदछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?