काठमाडौं । सरकारले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरेको छ ।
संघ प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने जनाएको छ । यस्तै नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ
आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नापजाँच गर्न छुट भएका जग्गा नापजाँच आगामी आर्थिक वर्षमा गरिसक्ने ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताउँदै भने आगामी वर्ष मालपोत सेवा अनलाइनमार्फत हुने व्यवस्था गरीनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया