नेपालको कला, संस्कृति जर्गेना गर्न सरकारको यस्तो ‘योजना’

काठमाडौं – सरकारले आगामी वर्ष २०७७ /७८ को लागि बजेट विनियोजन गर्दै देशको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय सम्पतीका रुपमा जगेर्ना गरिने बताएको छ। बजेट भाषणमार्फत् अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकास गरिने बताउँदै भने, जीवन्त इतिहास तिहासको रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गरिनेछ।

सरकारले यसैवर्षबाट कीर्तिपुरमा राष्ट्रिय संस्कृति संग्राहलय निर्माण कार्य अघि बढाउने, उपयुक्त स्थानमा वृहत सहिद पार्क निर्माण, सम्पदा सूचिमा रहेका सम्पदा संरक्षण र सम्वर्धन, वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना तथा रामग्राम गुरुयोजना कार्यान्वयनमा लैजाने, लुम्बिनीमा निर्माणाधिन पाँच हजार मानिस अट्ने ध्यान केन्द्र तथा सभा हाल निर्माण सम्पन्न गर्ने, जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृति सम्वर्धन र विकासको गुरुयोजना तर्जुमा गर्ने र काम अघि बढाउने, देवघाट, पाथीभरा, बराह क्षेत्र, हलेसी, रुरु, खप्तड लगायत क्षेत्र विकासका लागि आवश्यक रकमको व्यवस्था गरेको उल्लेख गर्दै थपे रामायण परिपथ निर्माण र अमुर्त सांस्कृतिक सम्पदा जगेर्नाका लागि अभिलेख पुस्तिका तयारीका लागि समेत बजेट छुट्याएको छु ।’

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त रकम विनियोजन गरिएको बताए।

गत वर्ष चालू आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ७१ लाख रुपैयाँको बजेट पेश भएको थियो ।

आगामी आवको बजेटको आकार चालू आवका लागि निर्धारण गरिएको भन्दा ५८ अर्ब रुपैयाँले कम हो ।

कूल वार्षिक विनियोजनमध्ये चालूतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६४ दशमलब ४ प्रतिशत, पूँजीगततर्फ २३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ अर्थात् २३ दशमलव ९ प्रतशत छ ।

त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ एक खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ तथा वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ जुटाइने अर्थमन्त्रीले बताए । यसैगरी आन्तरिक ऋणबाट दुई खर्ब २५ अर्ब रुपैयाँ स्रोत व्यवस्थापन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?