काठमाडौं । प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. खतिवडाले ‘आर्थिक विधेयक, २०७७’ पेश गरे।
संसद्मा आज प्रस्तुत बजेटमाथि छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बिहान ११ बजे बस्नेछ ।
यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति टेबुल गरेका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा उनले आगामी आवको राजश्व र व्ययको वार्षिक अनुमान बजेट टेबुल गरेका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले आज प्रस्तुत बजेटमाथि छलफलका लागि यही जेठ १८ र १९ गतेको समय तोकेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १८ गते ११ः३० बजे बस्नेछ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया