काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिएविसं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् पत्रकार सम्मेलनमा महासेनानी थापाले भने, “भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया