काठमाडौं । डिजिटल बैंकिङ्ग र क्यासलेस ट्रान्जेक्सनका लागी आवश्यक पुर्वाधार एवम् लगानीका हिसावले नेपालमा विश्वका अन्य देशकै हाराहारीमा विकास भैसकेको छ । तर अझै पनि कमजोरी भनेको यस्ता सुविधाको प्रयोग नागरीकहरुको लेवलमा वृद्धि हुन सकिरहेको छैन् । यसको लागि अब सचेतना र वित्तीय साक्षरता कार्यक्रमहरुमा अझै लगानी वृद्धि गर्नु पर्ने सरोकारवालाहरुले बताएका छ्न् ।
सोमवार लोकपथ विशेषः ‘क्यासलेस नेपाल सपना र चुनौती’ अन्तर्कियामा बोल्दै नविल बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मिले कोभिड(१९ को कारण अब जीवन शैलीमा अवस्य परिवर्तन आउने र नबिल बैंकले पनि सेपरेट भर्टिकल नै बनाएर आगामी दिनमा आफ्नो डिजिटल बैंकिङ्ग र क्यासलेस ट्रान्जेक्सन कारोवार बिस्तार गर्ने बताएका छ्न् ।
त्यस्तै युके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमका पेमेन्ट सिस्टम एड्भाइजर प्रबिन राज पोख्रेल ले सन २०१४ देखि केन्द्रिय बैंकले नेशनल पेमेन्ट सिस्टमका विकास गर्न कार्य गर्दै आइहेको र २०१५ देखि युके एड सक्षमले केन्द्रिय बैंकसँग सहकार्य गर्दै आएको बताए । त्यस्तै विभिन्न ९ वटा पिलरहरु निर्धारण गरेर नेशनल पेमेन्ट स्ट्रयाटेजी काम हुँदै आएको भन्दै यस अन्तर्गत रियल टाइम सेटल्मेन्टको कार्य सम्पन्न भैसकेको र आगामी दिनमा नेशनल पेमेन्ट गेटवे निर्माण र नेसनल क्युआर कोडको व्यवस्था चाँडो भन्दा चाँडो लागू गर्ने तर्फ काम भैरहेको पोख्रेलले बताए ।
नेशनल पेमेन्ट गेटवे निर्माण र नेसनल क्युआर कोडको व्यवस्था गर्न सके हाल हरेक बैंक एवम फरक फरक फिन्टेक सेवा प्रदायकका फरक फरक मापदन्डको अवरोध पनि कम हुने र लागत तथा सन्चालन खर्चमा समेत कमि आउने र प्रयोगकर्ताको बृद्धि हुने विश्वास रहेको पोखरेलले बताए ।
कार्यक्रममा बोल्दै दुबै सहभागीहरुले कोभिड ( १९ पछि अब सरकारले यथासिघ्र सम्पुर्ण सरकारी करोवारलाइ डिजिटल बैंकिङ्ग र क्यासलेस ट्रान्जेक्सनका माध्यमबाट गराउने तर्फ अगाडि बढ्न भइसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया