आज पनि बढ्यो सुनको मूल्य, सुनबारे यी रोचक तथ्य थाहा छ ?

काठमाडौं । मूल्य सार्वजनिक गरेको दिनदेखि नै उच्च रहेको सुनको भाउ आज फेरी बढेको छ । मंगलबार ८७ हजार ७ सयमा कारोबार भएको सुन बुधबार (आज) ९ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ८८ हजार १ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ९ सय ३५ पुगेको छ ।

यसअघि प्रकाशित यो लिंक क्लिक गर्नुहोस् : 

सुनबारे रोचक तथ्य : सुखको गहना, दु:खको खजना, सम्बन्धको गाँठो कस्न किन चाहियो सुन ?

पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ । धातुहरुको राजाको रुपमा सुनलाई लिईन्छ । विश्व समुदायमा नै यसलाई महत्व पूर्ण एवंम् बहुमुल्य धातुको रुपमा लिने गरिन्छ । त्यसैले त भन्ने गरिन्छ सुखको गहना, दुखको खजना । सबैकोणबाट महत्वपूर्ण एवं दुर्लभ मानिएकाले पनि यसलाई बहुमूल्य धातुको उपमा दिएर महत्वपूर्ण साधनको रुपमा यसको प्रयोग साथै माग पनि बढेको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?