प्रदेश ५ मा आज उपसभामुखका लागि निर्वाचन हुँदै

बुटवल, ६ फागुन । ५ नं. प्रदेशको उपसभामुखका लागि आज निर्वाचन हुने भएको छ । उपसभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक तय गरिएको छ प्रदेश ५ को उपसाभामुख मनोनयनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएकोमा बाम गठबन्धनको तर्फबाट एमाले सांसद कृष्णी थारु र कांग्रेसकी रिना खनाल बिकको उम्मेदवारी परेको थियो । यि दुवै उम्मेदवारबीच आज उपसभामुखका लागि प्रतिस्पर्धा हुँदैछ ८७ सदस्यीय प्रदेश ५ मा बाम गठबन्धनका ६१ र कांग्रेसका १९ सांसद् छन् प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले उपसभामुख चयनका लागि दिउँसो १ बजे बस्न लागेको बैठक डेढ २ घण्टासम्म चल्ने जनाए प्रदेश ५ को सभामुख भने निर्विरोध निर्वाचित भएका थिए । कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती निर्विरोध निर्वाचित भएको थियो । तर, उपसभामुखका लागि भने कांग्रेसले उम्मेदवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?