कैदीसँग घुस मागेको अभियोगमा कार्यालय प्रमुखमाथि मुद्दा

काठमाडौँ, ६ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कारागार कार्यालय सप्तरीका कार्यालय प्रमुख (जेलर) कृष्णबहादुर दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार जेलमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिन भनी घुस मागेको अभियोगमा जेलर दाहाललाई केही दिन पहिले रु ४० हजार घुससहित पक्राउ गरिएको थियो जेलर दाहाललाई बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय, म्याग्दीअन्तर्गत प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई रु एक लाख ६० हजार घुससहित पक्राउ गरेको छ प्रहरी जवान पदमा भर्ना गराइदिने भनी सेवाग्राहीसँग रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले विसीलाई पक्राउ गरेको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?