काठमाडौं, ८ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको नेपाल बन्दको मिश्रित प्रभाव परेको छ ।बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । काठमाडौंमा सवारी साधन केही कम चलेपछि बन्दको खासै प्रभाव परेको छैन मोरङबाट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र पदम राईसहितका नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा विप्लवको नेकपाले बन्दको आव्हान गरेको हो यसैगरी प्रदेश १ को राजधानी विराटनगरमा पनि बन्दको सामान्य प्रभाव छ । बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द रहेका छन् भने छोटो दुरीका सवारी साधन चलिरहेका छन् बन्दका क्रममा टंकी सिनुवारीमा दुईवटा सवारी साधानमा ढुंगा हानेको आरोपमा सो पार्टीका ४ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ यता तराईमा बन्दको सामान्य प्रभाव परेको छ । यातायातका साधन चलिरहेका छन् भने निजी विद्यालयहरु बन्द भएका छन् । मकवानपुर जिल्लामा बन्दको बढी प्रभाव परेको छ सवारी चलेका छैनन् भने उद्योग, कलकारखाना र शैक्षिक संस्था बन्द छन् यस्तै पोखरामा पनि बन्दको प्रभाव परेको छ । पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् दाङमा बन्दको पूर्ण प्रभाव परेको छ । बजार, कलकारखाना, यातायात, शिक्षण संस्था सबै ठप्प छन् । यसैगरी, बाँके, सुर्खेतलगायतका क्षेत्रमा पनि बन्दको प्रभाव परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया