संघीय शिक्षासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १२ फागुन – ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सकिएको छ । सम्मेलनको समापन प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे सम्मेलनको समापन गर्दै उनले संघीय संरचनामा शिक्षा प्रणालीलाई नीतिगत सुधार गर्ने बताएका छन् । उनले शिक्षामा पहिलेको भन्दा केही सुधार देखिएकाले अब संघीयतामा शिक्षाको सुधार झनै हुने बताए उनले प्रदेश सरकारले व्यावहारिक शिक्षा प्रदान गरेर शिक्षामा चमत्कार गर्ने बताए । मुख्यमन्त्री पोखरेलले सम्मेलनले आफूहरुलाई संघीयतामा कस्तो शिक्षा लागू गर्ने भन्नेमा सुझाव दिनसमेत आग्रह गरे उच्च माध्यामिक विद्यालय तथा शिक्षालय संघ नेपाल (हिसान)को आयोजनामा भएको सो सम्मेलनमा १६ देशकासंघीयतामा शिक्षा नीतिका बारेमा १८ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । उनीहरुले आफ्नो देशमा भएका संघीय शिक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए सम्मेलनमा एक अर्काबीच संघीय शिक्षाबारे अनुभव आदानप्रदान समेत गरिएको थियो । सम्मेलनमा नेपालसहित १६ देशका विभिन्न विश्वविद्यालयका करिब ३५० प्राध्यापकको सहभागिता थियो नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि भारत, चीन, अमेरिका, बेलायत, बंगलादेशलगायत देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?