काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले कृषिको विकासमा कुल लगानीको १५ प्रतिशत कर्जा प्रवाह व्यवस्था गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत त्यस्तो व्यवस्था गरिएको बताए ।
कृषि विकास बैंकलाई अगुवा बैंकको रुपमा राखी कृषि विकासका जिम्मा दिइएको छ । उनीहरुले २०८० सम्म १५ प्रतिशत कर्जा कृषिमा लगाउनु पर्नेछ चालु आर्थिक बर्षको मौद्रिक नीतिले व्यवस्था गरेको छ ।
यसअघि बैंकहरुले कृषिमा १० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । बजेटले कृषि औद्योगिकरण र सो बाट रोजगारी सृजनाका लागि व्यावसायिक कृषि खेतीलाई प्राथमिकता दिइने बताएको थियो ।
बजेटको सोही व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले कृषिमा गरिने लगानीको सिमा बढाएको गभर्नर अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया