लहान, १४ फागुन । सिराहाको धनगढीमाई–८ कुसहामा एम्बुलेन्सले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ स १ झ ४७१ नम्बरको एम्बुलेन्सले अनटेष्ट मोटरसाइकललाई राति पौने १० बजे तिर ठक्कर दिएको थियो एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनगढीमाई ८ का मोटरसाइकल चालक २३ वर्षीय दिपेन्द्र महतोको उपचारको क्रममा सप्तऋषि अस्पताल लहानमा मृत्यु भएको हो एम्बुलेन्ससहित चालक उदयपुरका सुखैर चौधरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया