नक्कली नोटसहित पाँच जना प्रहरीको फन्दामा

काठमाडौं, १४ फागुन – महानगरीय प्रहरी वृत कालीमाटीले नक्कली नेपाली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ सोमवार बल्खुमा चेक जाँचका क्रममा आशिष माझी नक्कली नोटसहित पक्राउ परेपछि थप अनुसन्धानका क्रममा नेमा तामाङ, धिरज श्रीनेत ठकुरी, मनोज केसी र भेषकुमार थापा पनि पक्राउ परेका हुन् पक्राउ परेका भेषकुमार थापाबाट ३४ थान पाँच सयका र एक थान एक हजार, त्यस्तै धिरज ठकुरीबाट रु. पाँच सयका दुई थान, नेमा तामाङबाट रु. एक हजारको १ थान, आशिष माझीबाट रु. ५०० को एक थान, र मनोज केसीबाट रु. ५०० को एक थान नोट बरामद गरिएको प्रहरीले जनाएको छ । साथै थापा पूर्वप्रहरी समेत रहेको अनुसन्धानले प्रहरीले बताएको छ पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?