काठमाडौं, १५ फागुन । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि मार्सेलीविरुद्धको खेल महँगो सावित भएको छ मार्सेलीलाई ३–० ले पराजित गरेको खेलमा पीएसजीका स्टार खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही साता मैदान बाहिर नै हुने भएका छन् गत अगस्टमा बार्सिलोनाबाट कीर्तिमानी मुल्य २ सय मिलियन पाउन्डमा पीएसजी गएका नेइमारले ३० खेलमा २९ गोल गरिसकेका छन् मार्सेलीका खेलाडीको खराब ट्याकलका कारण उनको खुट्टामा चोट लागेपछि खेलको ८० औं मिनेटमा मैदानबाहिर गएका थिए उपचारका क्रममा नेइमारको मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको पाइएपछि उनले च्याम्पियन्स लिगको अन्तिम १६ दोस्रो लिगको रियल मड्रिडविरूद्धको खेल समेत गुमाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया