एसपी यादवसर्लाही, १५ फागुन । सर्लाही प्रहरी प्रमुखमा एसपी मसउद आलम खाँ आएसँगै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वामा दलालको बिगबिगी र पहुँच पुरानै अवस्थामा फर्केको छ एसपी उत्तम सुवेदीको कार्यकालमा दलाल र तस्करलाई जिल्ला प्रहरी कार्यालयमा प्रवेश निषेध गरिएको थियो संस्थागत तस्करी शुन्यमा झारेका एसपी सुवेदी सर्लाहीमा शान्ति सुव्यवस्था कायम राख्न दरिलो रुपमा प्रस्तुत भएकै कारण सर्लाहीबासी जनताको मन जित्न सफल भएका एसपी सुवेदी जनताको समस्याको समाधान आफनै कमान्डमा स्वस्फूर्त रुपमा गर्ने गरेका थिए तर एसपी खाँ सर्लाही आए देखि जिल्ला प्रहरी कार्यालयको माहोल फेरिएको छ । कार्यालयको हाताभित्र सेवाग्राही भन्दा दलालकै बढी भिडभाड रहेको देखिन्छ । एसपी सुवेदीको पालामा जिप्रकाको मुल गेटमा झुन्डियाएको ‘दलाल प्रवेश निषेध’ को ब्यानर समेत एसपी खाँ आएपछि हटाइएको छ एसपी सुवेदीले पारदर्शी काम कामकारबाही गर्न गराउन बनाइएको नीति निर्देशन लत्याउँदै पुरानै रवैयामा फर्केका जिल्ला प्रहरी कार्यालयमा अहिले दलालको बिगबिगी र कर्मचारीको ब्यवहारले यसअघि खडा गरिएको सिस्टम ब्रेक भएको छ विभिन्न बहानामा कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् । कार्यालयमा दलालको पहूँच कार्यालयका महत्वपूर्ण फाईल राखिएका कोठासम्म रहेको समेत खुलासा भएको छ यस विषयमा थप केरकारका लागि सर्लाही प्रहरी प्रमुख एसपी मसउद आलम खाँ लाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले दलालको समस्या सबै सरकारी अड्डाको टाउको दुखाई भएको बताउनसमेत पछि परेनन् जिल्ला प्रहरी कार्यालयमा भएको दलालको बिगबिगी त एउटा उदाहरण मात्र हो । सर्लाहीको जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, उधोग बिकास शाखा, मालपोत कार्यालय, नापी कार्यालय, नापी गोश्वारा, भुमी सुधार कार्यालय लगायत जनताहरु संग प्रत्यक्ष सरोकार राख्ने अन्य विभिन्न कार्यालयहरुले सेवाग्राहीहरु संग दलालको माध्यमबाट मनलाग्दो रकम असुल्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया