काठमाडौं । राकुटेन भाइबरले स्पाम विरुद्ध लड्न, प्रयोगकर्ताहरुको गोपनीयता सुनिश्चित गर्न र साथसाथै अन्य प्रयोगकर्ताहरुलाई नामबाटै खोज्न सक्ने समेतका विभिन्न सुविधाको शुरुवात गरेको घोषणा गरेको छ । यो नयाँ खोजी क्षमतालाई थप गोपनीयता मापदण्डहरुका साथ संरक्षित गरिएको हुनेछ र यो भाइबरले व्यक्त गर्ने गरेको आफ्नो प्रयोगकर्ताहरुको गोपनीयता सुनिश्चित्ता प्रतिको द्रृढ प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ ।
विश्वमा भइरहेको परिवर्तन र मेसेजिङ्ग एपहरुले सञ्चारमा प्राप्त गरेको बृहत्तर भूमिकासँगै मानिसहरु पनि उनीहरुको सञ्जालको घेरा विस्तार गर्न निरन्तर लागिरहेका छन् । यसका साथै आजका मानिसहरुले विष्फोटक रुपमा पहिलेको भन्दा अत्याधिक सूचना पनि प्राप्त गरिरहेका छन् र त्यसै कारण स्पाम तथा अनावश्यक सूचनाका भारहरु निषेध गर्नु पनि ज्यादा महत्वपूर्ण भएको छ । आजको चुनौती भनेको अनलाइन कनेक्सनहरु फेला पार्नुमा नभई त्यसलाई सुरक्षित एवं गोप्य तरिकाले उपभोग गर्नु हो । यी नयाँ सुविधाहरुका साथमा भाइबरले जवाफ उपलब्ध गराएको छ ।
भाइबरले अब आफ्ना प्रयोगकर्ताहरुलाई कम्युनिटी र ग्रुप च्याटहरुमा कसले एड गर्न सक्छन्– सबैले या उनीहरुसँग सम्पर्कमा रहेकाहरुले मात्र भन्ने कुरामा नियन्त्रण राख्न सक्ने क्षमता दिएको छ । यो गोपनीय व्यवस्था तय गर्नलाई प्रयोगकर्ताहरुले यसरी सरल रुपमा ट्याप गरे पुग्छ– More > Settings > Privacy > Groups > Control who can add you to groups .
यसका साथै अज्ञात प्रेषकहरुबाट भाइबरको नयाँ कम्युनिटी तथा ग्रुपमा आबद्ध हुनका लागि पठाइएका अनुरोधहरु स्वतः नै ‘न्यू मेसेज रिक्वेस्ट इन्बक्स’ मा गएर बस्छ, यसले गर्दा प्रयोगकर्ताहरुको मुख्य च्याट तालिकामा बोझ हुँदैन र नचाहिएका अनुरोधहरुबाट मुक्त रहन्छन् ।
भाइबरमा उपलब्ध मानिसहरु खोजी गर्ने नयाँ खुबीले प्रयोगकर्ताको गोपनीयता पूर्ण रुपमा कायम राखी सञ्जाल विस्तार गर्ने अवसरहरु खुल्ला गर्नेछ । एकपटक कसैले भाइबर सर्च बारभित्र कोही प्रयोगकर्ताको नाम खोजी गरेपछि, प्रयोगकर्ताको प्रोफाइल फोटोसँगै खोजीका परिणामहरु प्रदर्शित हुनेछ । प्रयोगकर्ताको गोपनीयता सुनिश्चित् गर्ने भाइबरको द्रिढ अडानको भावसँगै खोज मार्फत् शुरु भएको कुनै पनि कुराकानी समेत थप गोपनीयता मापदण्डहरुको अधिनमा रहनेछ, जस लगायतः
– प्रत्येक प्रयोगकर्ताको फोन नम्बर उनीहरु स्वयम्ले साझा नगरेसम्म गोप्य नै रहन्छन् ।
– अनलाइन अवस्था लुकेको हुन्छ ।
– भ्वाइस र भिडियो कलहरु असमर्थ गरिन्छन् ।
प्रयोगकर्ताहरु जसले आफूलाई अरुले खोजी गर्दा फेला नपारुन् भन्ने चाहन्छन्, उनीहरुले यसरी सरल रुपमा ट्याप गरे हुन्छ More > Settings > Privacy > Let users find you by your name (प्रयोगकर्ताहरुले तपाईंलाई तपाईंको नामद्वारा फेला पारुन्)।
भाइबरमा खोजी र मेसेज रिक्वेस्ट इन्बक्स विश्वव्यापी रुपमा फैलाउनु अघि केहि छानेको देशहरुमा पहिले जाँच गरिन्छन् ।
“प्रयोगकर्ताहरुका लागि उनीहरुको सामाजिक परिवेश विस्तार गर्नुले महत्व राख्दछ, तर उनीहरुको व्यक्तिगत सञ्चार खण्डलाई स्पाम–मुक्त राख्नु भनेको सिक्काको अर्को पाटो हो । हामी अधिक्तम समाधानहरु फेला पार्न अनवरत काम गरिरहेका छौँ, त्यहीमध्येको एकलाई अहिले हामी प्रस्तुत गरिरहेका छौं, जसले हाम्रा प्रयोगकर्ताहरुको सुरक्षा र गोपनीयतालाई पनि सँगै सम्बोधन गरी उनीहरुको सञ्जालको क्षितिज बढाउन सबल बनाउँछ, ।” राकुटेन भाइबरका सिओओ अफिर एयालले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया