काठमाडौं । कोरोनाले सारा अर्थतन्त्र प्रभावित बनिरहेको बेलामा नेपालका जीवन बीमा कम्पनीहरुको व्यवसाय भने औसतमा उकालो लागेको छ । यसैबीच नेपाल लाइफ इन्स्योरेन्सले भने लकडाउनका बेलामा पनि व्यवसाय बिस्तार गर्न सफल भएको वित्तीय विवरण निकालेको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २२ अर्ब ८२ करोड ५० लाख ३० हजार रुपैँया खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले गत असार मसान्तसम्मा आईपुग्दा २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ पुर्याएको छ ।
यस अवधिमा नेपाल लाइफको व्यवसाय १९.७८ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा चुक्ता पूँजीमा कुनै परिवर्तन नभई ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैँया रहेको इन्स्योरेन्सको जगेडा कोष २ अर्ब ४३ करोड ६७ लाख ७६ हजार रुपैंयाबाट ३ अर्ब ५० करोड ७७ लाख ३७ हजार रुपैँया पुगेको छ । योसँगै इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया