कैलाली, १८ फागुन । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहारबाट एक जनाको मृत्यु भएको छ टीकाटपुर नगरपालिका १ मा गएराति करिब १२ः४५ बजे होली मनाइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका २ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो अज्ञात समूहको प्रहारबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकेनन् जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर छूरा प्रहार गर्नुको कारण भने खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उपरीक्षक घिमिरेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया