काठमाडौं, २० फागुन । विश्व फुटबलको नियमनकारी निकाय फिफाले फुटबल प्रतियोगिताहरुमा भीएआर भनिने भिडिओ असिस्टेन्ट रेफ्री प्रविधि प्रयोग गर्ने विषय सर्वसम्मत पारित गरेको छ स्वीट्जरल्याण्डको जुरिचमा भएको फिफाको बैठकले सो प्रस्ताव पारित गरेको हो खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटनाहरु जस्तै विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन सो प्रविधि सहयोगी हुने अनुमान गरिएको छ विवाद भएमा भिडियो हेरेर खेल बारे निर्णय लिन सो प्रविधि सहयोगी हुनेछ । खेलको दृश्यहरु हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीहरुले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् इङलिश फुटबल प्रतियोगितामा भीएआर प्रविधिको परीक्षण भएको छ भने इटली र जर्मनीमा यसको प्रयोग भइरहेको छ सो प्रविधि लागू गर्नका लागि अब फुटबल लिग वा प्रतियोगिता आयोजकहरुले बोर्डमा आवेदन दिनुपर्छ आगामी जुन–जुलाई महिनामा रुसमा आयोजना हुने विश्वकप फुटबलमा सो प्रविधि प्रयोग हुने भनिएपनि त्यसबारेको औपचारिक निर्णय मार्च १६ मा हुने बैठकले गर्ने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् सो प्रविधिको प्रयोग पहिलो पटक सन् २०१६ डिसेम्बर मा गरिएको थियो । भीएआर प्रविधिको विश्वव्यापी परीक्षण गत दुई वर्षदेखि भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया